वीरगञ्ज : शिक्षा, स्वास्थ्यको विकासमा कुनै सम्झौता नगर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएका छन्।
पर्साको पोखरिया नगरपालिकामा श्री टैरिमाई क्लब जगतपुरद्वारा बुधबार आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन्।
शिक्षा,स्वास्थ्य संवेदनशील क्षेत्र भएको मन्त्री गुप्ताको कथन रहेको हो। मन्त्री गुप्ताले कुनै सम्झौता नगरी उक्त क्षेत्रमा आफू विकास र सहयोग गर्न तत्पर रहेको बताएका छन्।
शिक्षा, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै सम्झौता नगरी उक्त क्षेत्रमा आफू हरपल विकास र सहयोग गर्ने तत्पर रहनेछु,उनले भनेका छन्।
कार्यक्रमको क्रममा मन्त्री गुप्ताले नगरपालिकाको वडा नम्बर–८ जगतपुरस्थित स्वास्थ्य चौकी भवनको अनुगमन गरे।
शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,उपमेयर रुबी ठाकुर,नगरपालिका पूर्व मेयर मन्टु रौनियार,राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रिय सदस्य निजामोदीन समानी,नगरपालिकाका वडाध्यक्ष एंव बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।