विपन्न बिरामी परिवारलाई आर्थिक सहयोग

राम मण्डल
राम मण्डल 16 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : जन सेवा सामाजिक संस्थाले पर्सा जगरनाथपुर गाउँपालिकाका एक बिपन्न बिरामी परिवारलाई आर्थिक सहयोग गरेको छ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारी गुठीका लालबहादुरराउत गद्दीको परिवारलाई १५ हजार आर्थिक सहयोग गरेको हो।

दुई महिना पहिले गद्दीका छ वर्षीया छोरी रबेया खातुनको पेटमा मासु पलाएको थियो। उपचारको लागि काठमाण्डौं लैजानुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोग गरिएको सामाजिक अभियन्ता ब्रिजेशवर प्रसाद चौधरीले जानकारी दिए।

बिरामी बच्चाको उपचारको लागि लाखौ रकमको आवश्यकता रहेकोले सहयोग गरिदिनको लागि चौधरीले अनुरोध समेत गरेका छन्।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न