छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाईयो

साझेदारी दैनिक
साझेदारी दैनिक 14 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : तराई मधेश सहित देशभर अत्यन्तै श्रद्धा र निष्ठा पुर्वक मनाईने छठपर्व हर्सोल्लासका साथ मनाइदै छ ।

व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी मनाईने छठ पर्व अन्तरगत बुधबार दोस्रो दिन खरना परेको छ ।

कार्तिक शुक्ल पञ्चमी छठ पर्वको दोस्रो दिन खरना हो । ब्रतालुहरु बुधबार विधिवत रूपमा खरना मनाएका हुन ।

यो दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

यस दिनमा एक छाक मात्र भोजन गर्ने गर्दछन जसको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास पनि हो । कलैया-१० की एक ब्रतालुले साझेदारी टिमलाई बताईन ।

विशेषगरी छठ पर्व सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति,ताप र किरण दिने समानताको प्रतीक सूर्यको महिमालाई आत्मसाथ गर्दै सूर्यको पूजा प्रार्थना तथा आराधना गरी चार दिनसम्म मनाईने गरिन्छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न