जिल्लाको सम्रग शान्ति सुरक्षा कायम गर्न कटिबद्ध छुः प्रजिअ अधिकारी

रञ्जन यादव
रञ्जन यादव 27 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : बारामा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताएका छन् ।

जिल्लाका पत्रकारहरुसँग जिल्ला प्रशासन कार्यालय कलैयामा बुधबार भएको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा प्रजिअ अधिकारीले यस्तो प्रतिबधता ब्यक्त गरेका हुन ।

उनले आफुले गल्ती नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरेका छन ।

आसन्न जिल्लाकै ऐतिहासिक गढीमाईको मेला शान्ति पुर्णले सम्पन्न गर्ने अहिलेको आफुहरुको प्रमुख चुनौती रहेकाले जिल्ला प्रशासनको ध्यान पनि त्यसतर्फ केन्द्रित रहेको उनले बताए ।

जिल्ला प्रशासनबाट हुने गतिबिधिलाई कार्यालयको फेसबुकबाट अवगत गराउँने उहाले बताए ।

जिल्लामा भईरहेको भ्रष्टचार तथा गलत गतिबिधिको बिषयलाई उजागर गर्न पत्रकारहरुसँग प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अनुरोध आग्रह गरेका छन ।

सो अवसरमा बाराका संचारकर्मीहरुले जिल्लाका बिद्यमान समस्या,समग्र शान्ति तथा सुरक्षाको अवस्था र चाल्नु पर्ने कदमहरुको बिषयमा सल्लाह सुझाब दिएका छन ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न