चेकजाँचको नाउमा चाडपर्वमा सर्वसाधारणलाई सास्ती,अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैया असुलीमा मस्ती

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 118 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

कलैया : बाराको सदरमुकाम कलैया ट्राफिक व्यवस्थापन चुस्त नहुदा कुरुप बन्दै गएको छ । जिल्लाको मुटुकै रुपमा रहेको सदरमुकाम कलैया नगरका विभिन्न भागहरुमा जथाभावी सवारी पार्किङ्ग हुदा कलैया नगरको स्वरुप नै कुरुप बनेको हो ।

ट्राफिक व्यवस्थापन चुस्त र व्यवस्थित बनाउनु पर्ने अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैया असुलीतिरै व्यस्त भएको छ। चेकजाँचको नाउमा चाडपर्वमा सर्वसाधारणलाई सास्ती दिई कलैया स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट असुलीमा व्यस्त छ ।

ट्राफिक प्रहरीले कलैया नगरका प्रवेशद्धारका सडकहरुमा ब्लुबुक,लाइसेन्स र मादक पदार्थ सेवन( मापसे) चेकिङ्गको बहानामा असुलीको पासो थाप्दै असुलीमै केन्द्रीत भएको देखिन्छ ।

हुलाकी राजमार्ग कलैया–बिरगंज सडक खण्डको सिसहनिया चौक,कलैया – बरियारपुर लक्षमिनिया स्थित सडकको एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरी रकम असुलीमा सक्रिय भएको पिडितहरुको गुनासो छ ।

कलैयाको सिसहनिया चौक,बघवन,भुतही पुल,बरेवा दरबार चौक लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ट्राफिक प्रहरीले हुलाकी राजमार्ग कलैया – बिरगंज र कलैया –बरियारपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नुपरेको चालकहरु बताएका छन् ।

अनेक बहानामा दुःख दिएर एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म रकम असुली हुन्छ । धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको एक सवारी चालकले गुनासो गरेका छन ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैयाले मुल सडक भएर गुड्ने मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिने र रकम असुल्ने गरेको गुनासो दिनप्रतिदिन बढ्न थालेको छ ।

ट्रक तथा ट्याक्टरका चालकहरुका अनुसार ट्राफिक प्रहरीले फाइन काट्ने भन्दै एक सय देखि पाँच सय रुपैयाँसम्म माग्ने गरेको बताउछन । ‘हामीले दिएको रकमको बिल र अरु कुनै प्रमाण हुँदैन ।’ एक चालकले साझेदारी दैनिकलाई बताए ।

प्राप्त जानकारी अनुसार फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्लाका ‘हाकिम’लाई पैसा बुझाउने गरेको स्रोत बताउँछ । ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि कलैयासंगै बारामा ट्राफिक व्यवस्थापन भद्रगोल छ । ट्राफिक व्यवस्थापनको कमी हुदा बारामा सवारी दुर्घटना न्यूनीकरण हुनुको साटो दिनप्रतिदिन बढिरहेको छ ।

स्थानीयहरुका अनुसार ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुलीमा केन्द्रीत हुँदा बारामा सवारी दुर्घटनाको बढेको सरोकारवालाहरुको भनाई छ ।

दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटना बढ्नुका साथै पछिल्लो समयमा बाराका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ ।

दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट कलैयाका प्रमुख एवम् प्रहरी नायब निरीक्षक संजीव कुमार झाले हुलाकी राजमार्ग कलैया – बरियारपुर सडकखण्डमा ८–१० जनालाई सोमबार कारवाही गरिएको बताएका छन् ।

उनिहरुबाट कारवाही बापत असुल गरिएको जरिवाना आफुलाई बताउन नमिल्ने भने । ठिक भएकोलाई केही छैन अनि जो संग लाइसेन्स र ब्लुबुक नभएकोलाई नियनले जरिवाना गरेको बताएका छन् ।

ट्राफिक प्रहरी असुली गर्दै छ मुखले भनेर केही नहुने उनले भने । प्रमाण र ट्राफिक प्रहरीसंग असुली गरेको पैसा बरामद भए पश्चात कारवाही गर्ने समेत उनले बताएका छन् ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका अनुसार सोमबार मात्र बाराको हुलाकी राजमार्गमा ४५ जनालाई कारवाही गरे बापत ३७ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न