एक करोड चौध लाख भन्दा बढीको कपडा तथा औषधि लोड रहेको ट्रक प्रहरीद्वारा नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 50 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : कपडा तथा औषधीहरु लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका ८ घण्टाघरबाट जाँच गर्ने क्रममा ना ३ ख ५१८७ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विल विजक भन्दा बढीका कपडा तथा औषधीहरु लोड गरी वीरगञ्जबाट कास्कीतर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

ट्रकमा एक करोड १४ लाख ५१ हजार ८ सय ३३बराबरको कपडा तथा औषधीहरु लोड रहेको तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न