पर्साको रत्नपुर स्थित स मिलमा छापामारी,६ वटा काठको गोलिया बरामद

रञ्जन यादव
रञ्जन यादव 53 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जितपुर : पर्साको बन कार्यालयले एउटा स मिलमा छापामारी गरी ६ वटा अबैध काठको गोलिया बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा अधिकृत छैठो सन्दिप पटेलको कमाण्डमा गएको टोलीले ११.३२ क्युफिटको ६ वटा साल जातको गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बिरगंज महानगरपालिका वडा नं.२९ रत्नपुर स्थित छापामारि गरिएको उक्त स मिल नउद खाँको रहेको जनाईएको छ । बन टोली स मिलमा पुग्दा स्थिती तनावग्रस्त बनेको थियो ।

स्थितीलाई नियन्त्रणमा लिदैँ डिभिजन बन कार्यालयबाट खटिएको ४ जनाको टोलीले काठ ल्याउँन सफल भएको हो । बरामद काठलाई डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको जनाईएको छ ।

त्यस्तै सब डिभिजन बन कार्यालय बड्निहारबाट खटिएको टोलीले एक ट्याक्टर बल्लाबल्ली (कोर) र करिब तीन ट्याक्टर दाउरा बरामद गरेको साहयक बन अधिकृत नबनित मिश्राले जानकारी दिए ।

मङ्गलबार र बुधबार गरी दुई दिनमा साईकलमा दाउरा लोड गरि ल्याउँदै गरिएको २० वटा साईकलको चक्का काटि जङ्गलमा छोडिएको छ ।

बुधबार साँझ करिब ८ बजेको समयमा दाउरा लोड रहेको चारवटा साईकल नियन्त्रणमा बन अधिकृत मिश्राले बताए । बन गस्ती टोली देख्नेबित्तिकै दाउँरेहरु साईकल छोडि भागेका थिए ।

बरामद बल्लाबल्ली र दाउरालाई सब डिभिजन बन कार्यालय बड्निहारको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजनल बन अधिकृत अहमदले बताए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न