दशै नजिकिदै गर्दा बाराका बजारहरुमा किनमेल गर्नेहरुको बढ्यो घुईचो

सन्तोष पाण्डे
सन्तोष पाण्डे 141 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : यतिबेला बजारहरुमा मानिसहरुको किनमेल र चहलपल बाक्लै बनेको छ । यो बर्षको दशै शुरु भएसंगै बजारहरुमा किनमेल गर्न मानिसहरुको भिड बढेको हो ।

बाराको सदरमुकाम कलैया लगायत जिल्लाका अन्य बजारहरु दशैका लागि किनमेल गर्नहरुको घुईचो लागेको छ । खासगरी दशैँका लागि लताकपडा,जुत्ता,चपल,ब्याक किन्ने मानिसको बढी भिड लागेको कलैयाका एक व्यवसायीले बताएका छन । कलैयामा जिल्लाभरका गाउँगाउँबाट किनमेल गर्न मानिसहरु आउने गरेका छन ।

यसैगरी कलैया बजारसंगै बाराको अर्को ठुलो बजार जीतपुरमा पनि उतिकै मानिसहरुको भिड लागेको छ । जीतपुर बजरमा विशेष गरी सिमरा,डुमरवाना,पथलैया,अम्लेखगंज,निजगढ देखी हेटौडासम्मका मानिसहरु दशैका लागि किनमेल गर्न आउने गरेको जीतपुरका एक व्यापारीले बताए ।

जिल्लाका १६ वटै पालिकाहरुमा रहेका स्थानीय बजारहरुमा पनि मानिसहरुको चहलपहल भईरहेको छ । खासगरी पहाडी गाउँहरुमा कामका सिलसिलमा स्वदेश तथा विदेशमा रहेकाहरु दशैमा आउने क्रमम बढिरहेकाल गाउँघरमा रमाईलो र मानिसहरुको बाक्लो उपस्थितिले चलहपल बढेको स्थानीयहरुले बताएका छन ।

बाहिर गएका मानिसहरु दशैका लागि आउने गरेकाले गाउँमा रमाईलो र मानिसहरुको चलपहल बद्धि भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय पशुराम दाहालले साझेदारी दैनिकसंग बताएका छन ।

नेपालीहरुको बिशेष चाडको रुपमा तथा हिन्हुहरुको प्रमुख चाडको रूपमा दशैैलाई मानिन्छ। आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा गर्ने चलन छ ।

प्रतिपदादेखि क्रमशः शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा,कुष्माण्डा,स्कन्दमाता,कात्यायिनी,कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशतीमा चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली,महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिने कलैयामा निवासी पंडित ज्योतिषि छविरमण सुवेदीले बताएका छन ।

विजया दशमीको दिन महिषासुर राक्षसको बध,श्रीरामले रावणमाथि विजय प्राप्त गरेको,दुर्गाले दैत्य चण्ड मुण्ड तथा शुम्भ निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन रहेकोसुवेदीको भनाई छ ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न