रौतहटमा धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

साझेदारी दैनिक
साझेदारी दैनिक 96 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौतहट,ओम प्रकाश यादव/ रौतहटमा एक जना पुरुषमाथी धारिलो हतियार प्रहार भएको छ ।

धारिलो हतियार प्रहारबाट गढिमाई नगरपालिका–१ समनपुरका कनाई साहको ३५ वर्षिय छोरा चन्दन साह गम्भीर घाइते भएका छन् ।

गएराति साढे ८ बजेको समयमा गरुडा नगरपालिका–९ नरकटिया गाउँदेखी एक किलोमिटर दक्षिण बाटोमा अपरिचित व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गर्दा साह सख्त घाइते भएको प्रहारीले जनाएको छ । साहले प्रतिकार गर्दै चिच्याउन थालेपछि खुकुरी प्रहार गर्ने व्यक्ति भागेका थिए ।

ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा चढी गरुडाबाट आफना घर समनपुरतर्फ जादै गरेको अवस्थामा नाम,थर,वतन नखुलेको अज्ञात मानिसले साहलाई घेरा हाली उनको टाउको,टाउको पछाडि र बायाँ हातमा खुकुरी प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ ।

उनलाई कसले खुकुरी प्रहार गरेको भन्ने खुलि नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।

साह हाल बोल्ने अवस्थामा नरहेको हुँदा उनको अवस्था चिन्ताजनक रहेको परिवार श्रोतले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न