बकुलहरमा सैतालीस जना छात्राहरुलाई साईकल वितरण तथा गरियो सम्मान

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 12 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५बकुलहरमा कक्षा ९ र १० का ४७ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ।

वडा नम्बर १५ बकुलहरले वडा कार्यालयको प्राङ्गणमा बुधबार एक कार्यक्रम बिच कक्षा ९ र १० का ४७ जना छात्राहरुलाई साईकल वितरण तथा सम्मान गरेको हो ।

गत आर्थिक वर्ष २०८० सालमा भर्ना गराएका कक्षा ९ र १० का छात्राहरुलाईको लागि आर्थिक वर्ष २०८०÷०८१ को वडा स्तरीय योजना अन्तर्गत साइकल वितरण गरिएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले छात्राहरुलाई विद्यालय पढन जान समस्या र कठिनाइ समाप्त हुने विश्वास व्यक्त गरे । साइकलले छात्राहरुलाई पढन प्रेरणा दिने विश्वास व्यक्त गरे।

छात्राहरुलाई नियमित विद्यालय पढ्न जान र अभिभावकहरुले पढाईमा अवरोध नगर्न आग्रह गरे। उच्च शिक्षा हासिल गरि तथा लोक सेवा पास गरि सरकारी जागिर गरि राज्यको सेवा गर्न समेत उनले सुझाव दिए।

उक्त अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ कि कक्षा १० कि छात्रा सहनाज खातुनलाई सम्मान गरिएको छ। पर्सा जिल्लामा टप गरेको भन्दै सम्मान तथा एक थान साईकल सहित सम्मान गरिएको छ ।

त्यस्तै कक्षा १० का छात्रा गुलाबसा खातुन,हलिमा खातुन,नरगिस खातुन,निसमा वेगम,सावाना खातुन,रिजवान खातुन,आसिया खातुन,सान्या रानी,हसबुन खातुन,मुस्कान खातुन,नसिमा खातुन,नन्दनी कुमारी सहनी,नाजनी खातुन र कक्षा –९ का नगमा खातुन,कासिरा खातुन,यासमिन खातुन,सोहना खातुन,अञ्जली कुमारी,संजिला सहनी,शकुन्तला कुमारी राम,रुगान्धी कुमारी,सुमिन्त्रा कुमारी,अपर्ना कुमारी,रिना सहनी,रोभा कुमारी यादव,नन्दनी कुमारी सहनी,रुवी खातुन,लक्ष्मी कुमारी सहनी,कबिता कुमारी राम,पुनिता कुमारी चौरसिया,सहनाज खातुन,निखा कुमारी पासवान,सोनि कुमारी चौरसिया,सिम्रन कुमारी यादव,रेखा कुमारी यादव,निभा कुमारी,गुलेशा खातुन,पुष्पा कुमारी,उषा कुमारी,रुबी कुमारी,आशा कुमारी सहनी,सिमरन खातुन,खुश्बु खातुन,निशा कुमारी यादव,अनिता कुमारी यादव,पुजा कुशवाहा र शुभावती कुमारी महतोलाई साईकल वितरण गरिएको छ ।

वडा अध्यक्ष भोरिक यादवले महम्मद डे. वडा दशै,शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण वडाबासी,नगरबासीमा सुखद शान्ति एवम् उत्तर प्रगतिको कामना समेत व्यक्त गरेका छन् ।

१५ का वडा अध्यक्ष भोरिक यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा २६ का वार्ड अध्यक्ष धर्मेन्द्र प्रसाद यादव,२७ का वार्ड अध्यक्ष अशोककुमार तिवारी,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा महेशपुरका प्रधानाध्यापक राधाकृष्ण यादव,मालपोतका कर्मचारी श्यामबाबु यादव,वडा सदस्य,स्थानीयबासी तथा अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संचालन वडा सदस्य ओहब अन्सारीले गरेका थिए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न