एक करोड सठसठ्ठी लाख भन्दा बढीको खाद्यान्न बोकेको दुई वटा ट्रक नियन्त्रणमा

राम मण्डल
राम मण्डल 18 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : वीरगञ्जबाट एक करोड ६७ लाख भन्दा बढीको खाद्यान्न बोकेको दुई वटा ट्रकहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा सडकखण्डबाट प्रहरीले जाँच गर्नेक्रममा दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

जाँचको क्रममा खाद्यान्न बोकेको वीरगञ्जबाट चितवन हुदै बाँकेतर्फ लैजाँदै गरेको ना.५ ख ५५४२ र बा.प्र.०३–००१ ख १६५५ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका मालबस्तुहरू लोड रहेको पाइएपछि ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

सामान सहितको ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न