युवा परिषदले फत्तेपुरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 66 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

श्रीकृष्ण प्रणामी युवा परिषदले बाराको फत्तेपुरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

”दुव्र्यसन त्यागौँ,सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश समिति तथा जिल्ला कार्य समिति बाराको आयोजनामा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो ।

नेपाल रेडक्रस सोसाइटी वीरगंज पर्साको प्राविधिक सहयोगमा हुने उक्त रक्तदान कार्यक्रम यही असोज १९ गते शनिवार हुने युवा परिषद् नेपाल मधेश प्रदेश समितिका सचिव उमेश सापकोटाले जानकारी दिएका छन ।

देशमा आईपर्ने विभिन्न विपद्मा मानवीय क्षतिसंगै रक्त अभाव हुन सक्ने भन्दै युवा परिषदले रक्तदान कार्यक्रम गर्न लागिएको युवा परिषद बाराका अध्यक्ष मोहन सापकोटाले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर –१२ फत्तेपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा हुने उक्त बृहद रक्तदान कार्यक्रम फत्तेपुरका स्थानीय युवाहरु सिकन्द्र सहनी र प्रकाश गौतमले सहजीकरण गर्ने जनाइएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न