चाडपर्व लक्षित गरी गरियो सरसफाई

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 51 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : विजयादशमी सहितका चाडपर्वलाई लक्षित गरी सरसफाई गरिएको छ।

बाराको सुवर्ण गाउँपालिकामा सरसफाई गरिएको छ। सुवर्ण गाउँपालिकाको आयोजनामा सो सरसफाई गरिएको हो।

सुवर्ण गाउँपालिका वडा नम्बर छ मझरिया टोलदेखि सुवर्ण गाउँपालिका सन्तगञ्जसम्म बुधबार वृहद सरसफाई गरिएको हो।

मूल सडकमा नागरिकहरुले राखेको सरसामान हटाइएको हो। नागरिकहरुले सडकमा राखेको नाँद तथा घरपालुवा जनावर राख्ने किला खुटाहरुलाई हटाइएको हो।

वृहद सरसफाई कार्यक्रममा प्रहरी नायब निरीक्षक खडगबहादुर खडकाको १० जनाको टोलीले बाटोमा रहेको अवरोधहरु हटाएको हो।

सरसफाई टोलीमा चार जना सशस्त्र प्रहरी र छ जना नगर प्रहरी समेत सो सरसफाईमा सहभागि भएका हुन्।

आसन्न गढीमाई मेलामा भारतीय तिर्थयात्रुहरु यही बाटोबाट समेत नेपाल भित्रिने हुदा यो बाटोको विशेष सरसफाई गरिएको हो।

सरसफाइमा डोजर लगायतको प्रयोग गरिएको छ। स्थानीय नागरिकहरुको समेत सो सरसफाईमा सहभागिता रहेको हो।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न