नवराज चौलागाईं/ नेपाली फुटबलमा एक क्रियाशील नाम शुलभजंग राणा हो। वि सं २०३७ सालमा पाल्पामा जन्मिएका राणाले वि सं २०६१ साल देखि व्यवसायिक रुपमा फुटबल खेल्न थालेका हुन ।
वि सं २०६१ सालमा शहिद स्मारक सी डिभिजन लिगमा डेब्यु गर्दै व्यवसायिक फुटबलमा होमिएका राणाको फुटबल करिअर सुखद रहेको छ। स्टार क्लब काठमाडौंबाट खेलेको पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्दै टोलि लिग बिजेताको रुपमा बि डिभिजन लिगमा सो टोलि उक्लिन सफल भयो। जसमा राणाको प्रदर्शन उत्कृष्ट रहेको थियो।
सोहि प्रदर्शनको आधारमा उनलाई तत्कालिन ए डिभिजन क्लब रानी पोखरी कर्नर टिम (आरसिटि) ले अनुबन्ध गर्यो । राणाले वि सं २०६४ देखि वि सं २०७० सम्म आरसिटि बाट नेपालको माथिल्लो डिभिजनको खेलमा आप्mनो प्रतिभाको प्रदर्शन ग¥यो। सर्वाधिक प्रतिष्ठित व्यवसायिक फुटबल प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग राणाले खेले ।
सो अवधिमा आरसिटि बाट उनले चितवनमा संचालित वि.सं २०६५ को अमिला स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता ,धरानमा संचालित वि सं २०६७ को बुढासुब्बा गोल्डकप र वि सं २०६७ मा पोखरामा संचालित आदर्श कपको उपाधि जितेका छन्। अन्य थुप्रै प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अघि बढाउन भूमिका निर्वाह गरेका थिए ।
उपाधिको अलावा उनले आरसिटिलाई वि सं २०६७ मा शहिद मजदुर कपको उपविजेता,वि सं २०६८ मा भारतको सिक्किममा संचालित गभर्नर्स गोल्डकप र धरानमा संचालित बुढासुब्बा गोल्डकपको उपविजेता,वि सं २०६९ मा एनसेल कपको उपविजेता र वि.सं २०७० मा सिमरा गोल्डकपको उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
वि.सं २०७० सम्म आरसिटि बाट व्यवसायिक फुटबल खेलेका राणाले वि सं २०७३ देखि सोहि क्लबमा सहायक प्रशिक्षकको रुपमा काम गरे । २ वर्ष भन्दा बढी आरसिटिको सहायक प्रशिक्षकको रुपमा काम गरेका राणाले सो अवधिमा आरसिटिलाई बि डिभिजनको उपाधी जिताउन सफल भए।
उनी सहायक प्रशिक्षक रहेको आरसिटीले तेस्रो स्थानमा रहदै वि सं २०७३ को बी डिभिजन लिग टुंग्याएकोथियो भने वि सं २०७५ मा बी डिभिजन लिगको उपाधि जित्न सफल भएकोथियो । राम्रो प्रशिक्षण कलाको कारण राणाले वि सं २०७६ मा आरसिटिको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकाथिए । खेलाडी र प्रशिक्षक दुबैको भूमिकामा आरसिटिमा आबद्ध भएका राणाले नेपाली फुटबललाई राम्रो संग बुझ्ने अवसर पाए ।
आरसिटिमा १ वर्ष प्रशिक्षण गराएका राणालाई वि सं २०७६ देखि वि सं २०७८ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले मधेश प्रदेशको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएकोथियो । मधेश प्रदेशको मुख्य प्रशिक्षकको रुपमा काम गरे लगत्तै राणा मोफसलको बि डिभिजन फुटबल क्लब वीरगंज युनाईटेडमा वि सं २०७७ देखि आबद्ध भए । हाल वीरगंजका स्थायी बासिन्दा रहेका राणाले वि सं २०७९ सम्म वीरगंज युनाइटेडमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण गराए ।
सो अवधिमा बिरगंजलाई मोफसलमा संचालन हुने फुटबल प्रतियोगिताहरुमा बलियो फुटबल क्लबको रुपमा प्रस्तुत गराउन सफल भए । रणनैतिक रुपमा टोलीलाई अघि बढाउन सक्ने राणा एएफसी ए कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त प्रशिक्षक हुन । सन २०१३ मा एएफसी सी कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गरेका राणाले सन २०१५ मा एएफसी बी कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गरेकाथिए भने सन २०१७ मा एएफसी ए कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गर्न सफल भएका थिए ।
यसका अलावा राणाले सन २०२२ मा एएफसी फिटनेस कोचीङ सर्टिफिकेट कोर्स लेभल १ ए र रोयल नेदरल्याण्ड फुटबल एसोसियसनद्वारा आयोजित वर्ल्ड कोचेज कोर्स भाग १ पुरा गरेकाछन । शुलभ उनका दाइ बिशाल राणाबाट प्रेरित भएर फुटबल जगतमा लागेकाहुन । विशाल थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबाट फुटबल खेल्ने गर्थे ।
बिशालले पछि वीरगंजमा फुटबल प्रशिक्षण गराउन थाले । पर्सा जिल्ला फुटबल संघको प्रशिक्षकको जिम्मेवारी पाएका राणा खेलाडी उत्पादन गर्न लागिपरेकाथिए । नेपाली राष्ट्रिय फुटबल टोलिका पुर्व सदस्य अमर डङ्गोल बिशालको प्रशिक्षण बाट उत्पादित खेलाडी हुन । अमर सहित अन्य थुप्रै खेलाडी बिशालले उत्पादन गरेकाथिए ।
बिशालको निधन भएपछि शुलभ बिशालकै पथमा अघि बढे । बिशालको उद्धेश्यलाई पूरा गर्न शुलभले पर्सा जिल्ला र आसपासका क्षेत्रहरुमा फुटबल प्रशिक्षण गराउन लागे । फुटबलकोलागी प्रशिक्षणमा अब्बल राणा नेपाली फुटबलमा दक्ष रुपमा निखारिएका प्रशिक्षक हुन ।
रानी पोखरी कर्नर टिम आरसिटि,मधेश प्रदेश र वीरगंज युनाईटेड क्लबलाई प्रशिक्षण गराएका राणा हाल वीरगंज स्थित दिल्ली पब्लिक स्कुलमा प्रशिक्षण गराउछन । मधेश प्रदेश फुटबल संघको मुख्य प्रशिक्षकको रुपमा कोभिड संक्रमणका कारण सम्पूर्ण फुटबल गतिविधि बन्देज भएको समयमा पनि गरेको उत्कृष्ट कामको प्रतिफल स्वरूप मधेश प्रदेशमा फुटबल गतिविधिलाई बढाउन सफल भएका थिए ।
अप्ठ्यारो समय परिस्थितिमा पनि आफ्नो टोलीलाई सफलता हासिल गराउन सक्ने क्षमता भएका राणा नेपाली फुटबल परिवेशमा अति आवश्यक पात्र हुन ।
लेखक चौलागाई खेलकुद क्षेत्रमा कलम चलाउँछन्।