लखौंको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 72 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : बारा प्रहरीले लाखौंको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।

वीरगंजबाट झापा तर्फ जादै गरेको ना ३ ख १६४३ नम्बरको ट्रक शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा उक्त सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

सो ट्रकमा सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू.३६ लाख १२ हजार ४ सय ६८ रूपैयाँ बराबरको कपडा,पेन्ट,मोटर पार्टस, चक्लेट र अन्य खुद्रा सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न