उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापन,पर्सामा ठूलो स्वरमा डिजे बजाउन रोक

साझेदारी दैनिक
साझेदारी दैनिक 62 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : मानव स्वास्थ्यलाई असर पार्ने गरी ठूलो स्वरमा डिजे,लाउड स्पिकर नबजाउन पर्सा प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार एक प्रेस बिज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेको हो । पर्सा प्रहरीले जिल्ला भरिमा बिभिन्न कार्यक्रमहरुमा मानव स्वास्थयलाई नै असर पर्ने गरी डि.जे,स्पिकर,लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने,आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरू नगर्न अनुरोध गरेको छ।

जिल्ला सुरक्षा समितिबाट शुक्रबार नै त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्न निर्णय भएको हो। मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डि.जे,स्पिकर,लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने, आतिसवाजीहरू नगर्न बिज्ञप्तिमार्फत भनिएको छ ।

सूचनाको बर्खिलाप गरी विभिन्न कार्यक्रमहरुमा ठुलो स्वरमा डि.जे,स्पिकर,लाउड स्पिकरहरू बजाउने,आतिसवाजीहरू गरेमा कानून बमोजिम कारवाही हुने समेत पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा लेखिएको छ ।

एक हप्ता अघि उपभोक्ता हित संरक्षण मञ्च पर्साले जिल्लामा डिजे आर्तक बढेको तथा ठुलो स्वरमा लाउड स्पिकर बजाइएकोले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यसलाई रोक्न माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न