उपभोक्ताहरु निरन्तर ठगिदै गईरहेको भन्दै संरक्षण मञ्चले प्रजिअलाई ज्ञापन दिने

साझेदारी दैनिक
साझेदारी दैनिक 83 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज,१६ भदौ । पछिल्लो समया उपभोक्ताहरु निरन्तर ठगिदै गईरहेकोले त्यसलाई रोक्न पहल गर्ने उद्देश्यले उपभोक्ता हित संरक्षण मञ्च पर्साले विभिन्न कार्य गर्ने निणर्य गरेको छ ।

मञ्चको शनिवार बसेको बैठकले यस्ता निणर्य गरेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर समितिले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको गरेको जनाएको छ ।

उपभोक्ता ठगिलाई नियन्त्रण गर्नको लागि प्रजिअलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको मञ्चले जनाएको छ । पर्साको वीरगञ्जमा रहेका उपभोक्तासित सम्बन्धित कार्यालयहरुले नियम अनुसार बजार अनुगमन नगर्ने गरेकोले उपभोक्ताहरु ठगिदै गएको मञ्चको ठहर छ । उसले सम्बन्धित निकायलाई खबरदारी गर्नको लागि ज्ञापन बुझाउने महानगर समितिको भनाई छ ।

यता नजिकिदै गएको चाडपर्वलाई लक्षित गरि बजार अनुगमन हुनुपर्ने माग मञ्चको छ । बजारमा रहेका अखाद्य बस्तुहरुको बिक्री बितरण रोक्नुपर्ने लगायतको माँगहरु समेटिने उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर समितीले जनाएको छ ।

मञ्चको महानगर समितिका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महानगरको समिति सदस्यहरुमा राम मण्डल र प्रकाश साहलाई चयन गरेको छ । बैठकमा मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी,महानगर कोषाध्यक्ष रचेन्द्र थापा,अजित भुजेल लगायतको उपस्थिति रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न