रौतहट प्रहरीद्वारा चोरी पैठारीको दुई क्युन्टल माछा नष्ट

साझेदारी दैनिक
साझेदारी दैनिक 97 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौतहट प्रहरीले अवैध तस्करीको माछालाई नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गौर नगरपालिका ६ स्थित बैरीयापुल नजिक भारतबाट चोरी पैठारी गरेर ल्याउँदै गरेको २०० किलो माछा बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो माछा नेपाल भित्र्याउँदै गरेको पुष्टि भएपछि उक्त माछा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवत्ता एलिजा गिरीले बताईन् ।

बरामद गरेको माछालाई स्थानीय सञ्चारकर्मी,भद्रभलादमी तथा प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारतको आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउदै गरेको पाइएको छ ।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन विभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गरेर ल्याउने गरेको खुलेको छ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न