एकबर्ष यता बारा र पर्सामा १० थान अवैध हतियार बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 131 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्सा र बारामा बितेको आर्थिक बर्ष ०८०/८१ मा १० थान बिभिन्न किसिमका अवैध बन्दुकहरु प्रहरीले बरामद गरेको छ ।

पर्सा र बारा दुबै जिल्लाबाट गरि बीस/बीस थान गोली पनि बरामद भएको दुवै जिल्ला प्हरी कार्यालयले जनाएको छ ।

पर्साबाट कटुवा पेस्तोल– दुई थान,मेडईन युएसए लेखिएको एक थान पेस्तोल गरि तीन थान बन्दुक बरामद भएको हो ।

यसैगरि बाराबाट भरुवा बन्दुक एक थान,एउटा रिभल्वर र पाँचवटा कटुवा पेस्तोल गरि सात थान बन्दुक बरामद भएको छ । साथै दुबै जिल्लाबाट प्रहरीले बन्दुक र गोलीसहित मानिसहरुलाई पनि पक्राउ गरेको छ ।

पर्सा प्रहरीले बन्दुक र गोली सहित बितेको आर्थिक बर्षमा ६ जना पुरुषहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्येबाट चारजनामाथि मुद्दा समेत दर्ता गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

बाराबाट बन्दुकसहित पक्राउ परेका माथि प्रहरीले मुद्दा दर्ता गरेको छ ।

पर्सामा भन्दा पनि बितेको आर्थिक वर्षमा बन्दुकहरु बढी बरामद भएको तथा अपराधिक घटनाहरुमा पनि बृद्धि भएको छ ।

बारामा गत आर्थिक बर्षमा दिनदहाडै कलैयामा दुई जनामाथि गोली प्रहार गरि हत्या भएको थियो । गत बर्ष कार्तिक १३ गते बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या भएको थियो । उनको हत्यामा भारतीय अपराधिहरुको संलग्नता रहेको थियो ।

यस्तै गत जेठ ३२ गते पनि कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो । दुबै हत्यामा संलग्न रहेका अधिकांश आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

बारामा अपराधिक घटनाहरु पनि बढेको तथा हतियार पनि बरामद गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन । उनले भारतसित खुल्ला सिमानाका कारणले पनि उताबाट हतियार लिएर आएर जिल्लामा अपराधिक घटनाहरु हुने गरेको बताए ।

अपराधिक घटनाहरु कम गर्न र हतियार पनि नियन्त्रणमा लिनको लागि सिमानाकामा जाँचमा पनि कडाई गरिएको उनले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न