औषधी तथा खुद्रा सामानहरु लोड रहेको टूक नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 84 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले ३७ लाख ६२ हजार ९१६ बराबरको औषधी तथा खुद्रा सामानहरु बोकेको टूकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकमा जाँच गरेको थियो ।जाँचको क्रममा ना ७ ख १६३१ नम्बरको टूकबाट उक्त मूल्य बराबरको सामान रहेको फेला परेको थियो ।

राजश्व छलि गरिएको सामानहरु रहेको आशंकामा नियन्त्रणमा लिइएको टूक सहित सामानहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न