पर्सा,बारा रौतहटबाट एघार सय सैतालीस फरार प्रतिबादी पक्राउ,साढे दुई करोड भन्दा बढी भयो जरिवाना असुल

साझेदारी दैनिक
साझेदारी दैनिक 102 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

मधेस प्रदेशको पर्सा बारा र रौतहटबाट एक हजार एकसय ४७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीन जिल्लाहरुबाट अदालतबाट सजाय पाएर फरार रहदै आएका उनीहरुलाई पक्राउ गरेको हो ।

यी तीन जिल्लाका प्रहरी कार्यालयले दिएको तथ्याँक अनुसार बितेको आव ०८०/८१ मा बिभिन्न मुद्दामा अदालतबाट सजाय पाएर उनीहरु फरार रहदै आएका थिए । फरार रहेका ती प्रतिबादीहरुबाट प्रहरीले दुई करोड ६८ लाख ७१ हजार ४१७ रुपैया जरिवाना समेत असुल गरेको छ ।

बितेको आवमा सबै भन्दा बढी रौतहटबाट बिभिन्न मुद्दामा फरार रहदै आएका ६ सय ८८ जना फरार प्रतिबादीहरु पक्राउ परेका छन।उनीहरुबाट जरिवाना स्वरुप ३८ लाख ८ हजार ७७८ रुपैया असुल गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रबक्ता (डिएसपी) एलिजा गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका प्रतिबादीहरुबाट कुल एक सय ७ बर्ष पाँच महिना २१ दिन कैद असुल उपर गरिएको उनले बताईन् । बारा प्रहरीले बितेको आवमा तीन सय १९ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । प्रतिबादीहरुबाट एक करोड ५४ लाख ५६ हजार ३८८ रुपैया जरिवाना असुल गरिएको बाराका प्रहरी प्रबक्ता (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका प्रतिबादीहरुबाट ७९ बर्ष तीन महिना ३ दिन कैद असुल उपर गरिएको छ । पर्साबाट बितेको आवमा एक सय ४० जना फरार प्रतिबादीहरु पक्राउ परेका छन।उनीहरुबाट जरिवाना स्वरुप ७६ लाख ६ हजार ३५१ असुल गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले जानकारी दिए ।

पक्राउ परेका प्रतिबादीहरुबाट कुल ३५ बर्ष चार महिना १७ दिन कैद असुल उपर गरिएको उनले बताए । भारतसित खुल्ला सिमाना रहेका कारणले मधेस प्रदेशका जिल्लाहरुमा अपराधिक कार्य गरेर अपराधिहरु भारतमा गएर लुक्ने गरेका छन ।

खुल्ला सिमाकै कारणले थुप्रै अभियुक्तहरु अपराध लगतै पक्राउ नपर्ने गरेको तथा अदालतबाट सजाय र जरिवाना तोकिदा पनि लुकेर नेपाल तथा भारतमा बस्ने गरेकाले पक्राउ पदैनन् ।प्रहरीले भने अपराधिहरुलाई नेपालमा आएको बेलामा निगरानी गरेर पक्राउ गर्ने गरेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न