बाराको कोल्हवी कृषि तथा पशु सेवाको लागि एकीकृत भवन बन्ने भएको छ ।
नगरपालिका वडा नम्बर १ मा निर्माण हुने सो अवसमार बुधवार एक कार्यक्रमवीच कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी र उपमेयर लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
उक्त भवन आर्थिक करिडोर कार्यालय(रिड)वर्दिवास,महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैया २७ पैसाको आर्थिक सहयोगमा निर्माण हुन लागेको पशु सेवा कार्यालय कोल्हवीका प्रमुख शम्भु पनुहरले बताएका छन ।
करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत निर्माण गर्न लागेको उक्त भवन ७ महिना भित्र सम्पन्न भई सक्ने पनुहरले बताए । कृषि र पशुको एउटै भवनबाट सेवा पाउने भएपछि कषि तथा पशुपालक किसानहरु हर्षित भएका छन ।