अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

रासस
रासस 145 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताउनु भयो । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद,सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुरÞ्याएको छ ।

त्यसैगरी सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउदा पाँच जनाको मृत्यु भएको छ ।

भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौंलाई घरबार विहीन बनाएको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न