धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

रासस
रासस 193 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

महेन्द्रनगर (धनुषा), १ साउन । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ ।

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताउनुभयो ।

यसअघि सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि पारिवारिक इजलास सञ्चालन भएको उहाँले बताउनुभयो ।

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्याैट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । धनुषा जिल्ला अदालतमा आव २०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फछ्र्याैट भएका छन् ।

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ । लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैङ्किङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन् ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न