नवगठित मन्त्रीमण्डलमा बाराका सांसद अटाउन सकेनन्

साझेदारी दैनिक
साझेदारी दैनिक 174 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सत्ता परिवर्तनसंगै नयाँ मन्त्रीमण्डल गठन भएको छ । संसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको छ । सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन ।

दुई दलको सहमति अनुसार सोमवार केपीशर्मा ओलीले सपथग्रहण गरेका हुन । उनीसंगै साना दलहरुसहि २२ सदस्यी मन्त्रीमण्डल गठन भएको हो ।

२२ सदस्यी मन्त्रीमण्डल बनि रहदा छिमेकी जिल्ला बारा जिल्लाको शुन्य सहभागिता रहेको छ । नयाँ बनेको सरकारमा बारा जिल्लाका एक जना पनि सांसदले मन्त्री बन्ने अवसर पाएका छैनन ।

तर छिमेकी जिल्ला पर्सामा भने तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन । पर्सामा नेपाली काँग्रेसका अजय चौरसिया,एमालेका राजकुमार गुप्ता र जसपाका प्रदिप यादव मन्त्री बनेका हुन ।

यसअघि प्रचण्ड सरकारका बेला बाराबाट एमालेकी ज्वालाकुमारी साह मन्त्री बनेकी थिईन । यसपटक पनि बारा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अच्युत मैनाली यो पटक मन्त्री मन्ने चर्चा भएपनि उनी पनि अटाउन सकेनन।

एमालेका पुराना नेतामध्ये पर्ने मैनाली पटक पटक मन्त्री बन्ने आशा गरिएपनि उनलाई अवसर नदिईएको प्रति पार्टीका धेरै नेता तथा कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन ।

चार निर्वाचन क्षेत्र रहेको बारामा दुई क्षेत्रमा नेकपा एमालेले,एक क्षेत्रमा नेकपा एस र एक क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन ।

साझेदारी दैनिक

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न