एक करोड ८९ लाखको सामान बरामद

रासस
रासस 86 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज (पर्सा), २४ असार । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ ।

प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न