बाराको कलैया–बीरगंज सडकखण्डमा सडक दुर्घटनामा दिनदिनै वृद्धि हुँदै गएको छ । यो सडक खण्डमा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको संख्या बढ्दो छ ।
ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाउनाहरुको बढोत्तरी हुदा कलैया–बीरगंज सडक सहित जिल्लामा सवारी दुर्घटना बढ्दै गएको हो ।
सवारी दुर्घटना हुनुका अन्य कारण मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र तीव्र गतिमा सवारी चलाउनाले पनि दुर्घटना बढिरहेको छ ।
बारामा चालू आर्थिक वर्षको करिब एघार महिना अर्थात हालसम्म भएका साना–ठूला गरी ८ सय ५३ वटा दुर्घटनामा परि ७० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा परि एक हजार तिन सय ४९ जना सख्त घाईते तथा सामान्य घाइते भएको ट्राफिकले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय यो तथ्याङ्कलाई मध्यनजर गर्दा हुलाकी राजमार्ग अन्तरगत कलैया–वीरगंज सडकखण्डमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको र ट्राफिक पोष्ट सहित अन्य प्रहरी युनिटहरु हुदा समेत यिनीहरुकै नजिक सवारी दुर्घटना भईरहेको छ । कलैयामा नै दिनहुजसो सवारी दुर्घटना भईरहेको छ ।
कलैया समेत रहेको कलैयामा अस्थायी ट्राफिक पोस्टका प्रहरीले ट्राफिक नियम पालना गराउनेतर्फ चासो नदेखाउँदा पनि कलैया–वीरगञ्ज सडक खण्डमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुको संख्या ह्वातै बढेको छ ।
नियामन निकाय ट्राफिक प्रहरीले भने राजस्व संकलनको बहाना र ‘मापसे चेकिङ’का नाममा नजराना लिन कार्यमा नै बढि व्यस्त भएपछि बारामा सवारी दुर्घटना बढिरहेको कलैयाका एक यात्रुे बताए
ट्राफिकले साँझ परेपछि जुन साधनबाट पैसा झर्छ,त्यहीलाई मात्र रोक्छ एक पिडितले बअनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि रु पाँच सय देखी १००० सम्म रुपैयाँसम्म रकम असुली गर्न गरेको हो
ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो दिनप्रतिदिन बढ्न थालेको छ ।
ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि बारामा ट्राफिक व्यवस्थापन भद्रगोल नगरिक अगुवाहरु बताउछन ।
मुख्य सडक तथा राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुलीमा सक्रिय छ ।
अस्थायी ट्राफिक पोस्ट कलैयाले बघवन,भुतही पुल,बरेवा दरबार चौक,ट्राफिक कार्यालय अगाडी,पिलुवा,प्रसौनीको पुल नीर लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले साझेदारीलाई बताएका छन ।
बारामा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको जानकारहरु बताउछन ।
यस विषयमा अस्थायी ट्राफिक पोस्ट कार्यालय कलैयाका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवालसंग सम्पर्क गर्दा कलैयामा हामीले केही गरेका छैनौ,कलैयामा चेकिंग गरेर कारवाही मात्र गर्छौं तथा दुर्घटनालाइ मध्यनजर गर्दै थप चेकिंग बढाउने सिल्वालले बताएका छन ।
उनका अनुसार लाईसेन्स नभएकाहरुलाई ५ देखि १ हजार सम्मको चिट काट्छौ भने कहिलेकाही २ हजार सम्म तिर्न परिरहेको र कलैयामा कुनै पनि किसिमको लेनदेन कारोबार नभएको समेत उनको दावी छताए ।
चेकिंग एक टाइम मात्र गर्ने गरेका छौ तर चेकिंग पनि बढाउनु पर्ने तथा चेकिंगको क्रममा चिट काट्ने गरेका छौं उनले साझेदारी दैनिकलार्ई बताए । चालकहरुलाई चेकिंगको क्रममा धेरै कारवाही गर्यो भने पनि चालकहरुले गुनासो समेत गर्ने गरेको सिल्वालले बताए ।