वडाको सिलिङ्ग बढाउँनुपर्ने माग राख्दै जीतपुरसिमराको नगर सभामा तोडफोड,नीति तथा कार्यक्रम र बजेट पारित

रञ्जन यादव
रञ्जन यादव 111 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभामा सोमबार तोडफोड भएको छ । वडाको सिलिङ्ग बढाउँनुपर्ने माग राख्दै सो तोडफोड भएको हो ।

नगर प्रमुख राजन पौडेलले तोडफोडको सामना गर्दै नीति,कार्यक्रम तथा बजेट पारित गरेका छन् । २ अर्ब १० करोड ५० लाखको बजेट पारित गरिएको हो । जुन कि गत आर्थिक बर्षको तुलनामा ५७ करोड ३ लाख घटी बजेट हो ।

बजेट पारित हुँदा नगर सभा बिफल पार्नमा लागेका उप प्रमुख भोलाप्रसाद अधिकारी नेतृत्वको टोली नगर प्रमुख पौडेलमाथि नै जाईलाग्ने प्रयास गरेको थियो । नगर सभा भित्रबाटै नगर प्रमुख पौडेललाई बाहिर निस्कन नदिएका एमाले निकट नगर सभा सदस्यहरुले नगर प्रमुख पौडेलमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज र नाराबाजी गरेका थिए ।

बहुमतको धाक लगाउँदै नेकपा एमाले निकट जनप्रतिनिधिहरु नगर प्रमुख पौडेलले आहवान गरेको पहिलो र दोस्रो नगर सभा बैठकमा उपस्थित थिएन्न

।तेस्रो बैठकमा नगर प्रमुख पौडेलको पक्षमा २५ प्रतिशत पुग्ने देखेपछि जुरमुराएका एमाले निकटका नगर सभा सदस्यहरु नगर सभाको मूल बाटो नै अवरोध गरेर नगर प्रमुख पौडेल लगायत कुनै पनि नगर सभा सदस्यलाई नगर सभामा जान अवरोध सिर्जना गरेका थिए ।

तछाडमछाड गर्दै नगर सभामा पुगेक नगरसभा सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास नगर सभाको बिपक्षमा रहेका बिपक्षीहरुले गरेका थिए । २५ प्रतिशत भन्दा बढीको समर्थन पाएका नगर प्रमुख राजन पौडेल कुर्सि हानाहान,ईलेक्ट्रीक आईटमहरु तोडफोड,नाराबाजी र गालीगलौजको बाबजुद पनि नगर सभामा निती,कार्यक्रम तथा बजेट पारित गरेका छन ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न