लागु औषधसहित वीरगञ्जबाट तीन जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 143 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जबाट लागू औषध सहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध सहित मकवानपुर हेटौडा उपमहानगरपालिका–७ का अजय रोक्का,दिपेन्द्र अधिकारी र वीरगंज महानगरपालिका–२ का बिकास सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोक  स्थित प्रहरी टोलीले बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी खानतलासी गरेको थियो ।

खानतलासीको क्रममा चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध ओनेरेक्स एक सय एमएलको २२२ बोत्तल फेला परेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भैरहेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न