मधेश प्रदेश सरकारका पर्यटनमन्त्री समिरलाई जीतपुरसिमरामा स्वागत

रञ्जन यादव
रञ्जन यादव 95 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

मधेश प्रदेश सरकारका उद्योग,बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर)लाई जीतपुरसिमरा उपमहानगरपालिकामा स्वागत गरिएको छ ।

नगर प्रमुख राजन पौडेलले दोसल्लाह ओढाएर मायाको चिनोले मन्त्री समिरलाई स्वागत गरेका हुन् ।मन्त्री समिरको नेतृत्वमा आएको टोलीले उपमहानगरपालिका भित्रमा पर्यटन तथा उद्योग बिकासको सम्भावनाको अध्ययन र अवलोकन गरेको थियो ।

उपमहानगरपालिकाको ईन्जिनीयर संजीब रुपाखेतीले प्रस्तुतिकरणको माध्यमबाट वडा नं.४ मा ४२ करोड ३४ लाखको लागतमा निर्माण हुने शहिद पार्क र वडा नं.१ को थानिमाई पार्कमा ९ करोड २१ लाखको लागतमा निर्माण हुने संरचनाको बिषयमा डिपिआर(बिस्तृत अध्ययन प्रतिबेदन )प्रस्तुत गरेका थिए ।

मन्त्री समिरले यो योजनाहरु प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

स्वागत कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी,प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफले,नेकपा माओवादी केन्द्र बारा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ( अनिल),नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,वडा नं.३ का अध्यक्ष धन बहादुर श्रेष्ठ,वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री,वडा नं.७ का सुनिल गुप्ता,वडा नं.११ का वडा अध्यक्ष बिन्दालाल साह ,वडा नं.१९ का वडा अध्यक्ष दिपेन्द्र क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न