बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति अन्तरग बाईजुराज महिला समितिको बार्षिक साधारणसभा तथा अधिवेशन आईतवार सम्पन्न भएको छ ।
बाईजुराज महिला समितिकी अध्यक्ष लक्ष्मी खड्काको अध्यक्षतथा तथा बाईजुराज महिला समितिकी जिल्ला उपाध्यक्ष मन्दिरा उप्रेतीको विशेष उपस्थितिमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा उद्घाटन समारोहमा मन्दिर सेवासमितिका अध्यक्ष होमनाथ उप्रेती,निवर्तमान उपाध्यक्ष कमलबहादुर खड्का,उपाध्यक्ष रामचन्द्र सुवेदी,मन्दिर पुजारी रत्नप्रसाद दाहाल,संचारकर्मी सन्तोष पाण्डे लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैवीच आईतवार नै सम्पन्न अधिवेशनलले सर्वसहमतिबाट बाईजुराज महिला समितिको ११ सदस्यीय नयाँ कार्यकारणी समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा हिरा खड्का,उपाध्यक्षहरुमा सविता बास्तोल,रेनु कँडेल,सरिता दाहाल,सचिवमा रन्जना महर्जन,सहसचिवमा मिना पौडेल र कोषाध्यक्षमा दिब्या महर्जन चयन भएका छन ।
यस्तै समितिको सदस्यहरुमा टिकामया बस्नेत,सजना पाण्डे,यसोदा सापकोटा,जानुका खड्का,प्रमिला गौतम र सम्झना सुवेदी चयन भएको सेवा समितिका सहसचिव चन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।