बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा तीनदिन “बिषादी रहित परबल खेती प्रविधी तालिम” सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमद्वारा सन्चालित उक्त तालिममा जीतपुरसिमरा १७ रामनगरका व्यावसायीक रुपमा परबल खेती गर्ने ४० जना उद्यमीहरुको सहभागिता रहेको थियो ।
जेष्ठ ३० देखी ३२ गते सम्म गरि तीन दिन सम्म संचालित उक्त तालिमामा कृषि प्राविधिक प्रमोद वाग्लेले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागी उद्यमीहरुलाई माटो परीक्षण गर्ने तरिका,जैविक विषादी बनाउने तरिका,रसायनिक मलखादको मात्र र प्रयोग गर्ने तरिकाआदीका विषयहरुमा सीप सिकाईएको आयोजकले जनाएको छ ।
स्थानीय अगुवा कृषक एवम उद्यमी लिलाबहादुर तामांगको अध्यक्षतामा शनिवार आयोजित तालिम समापन समारोहमा उद्यम विकास अनुगमन समितिका सदस्य शान्ताकुमारी बजगाई,उद्यम विकास सहजकर्ता दिपनारायण राय,पत्रकार सन्तोष पाण्डे,सहभागी उद्यमी सान्जा थिङ्ग लगायतकाले तालिमको उपयोगिता वारे प्रकास पारेका थिए ।