एघार भन्दा बढीको मोटरसाईकल पार्टसहरु बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 116 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जबाट १० लाख ७४ हजार आठ सय ५० रुपैयाँ बराबरको विभिन्न किसिमको मोटरसाईकल पार्टसहरु पर्सा प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–८ पानी टंकी स्थित मुकेश रौनियारको दुई तल्ले घरमा प्रहरीले खानतलाशी गरेको थियो ।रौनियारको घरमा कोठा भाडामा लिएर भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने अजय गुप्ताको कोठाबाट उक्त परिमाणको मोटरसाईकल पार्टसहरु बरामद भएको हो ।

पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मुर्लीबाट पनि प्रहरीले ६१ हजार ७ सय बराबरकोे मोटरसाईकल पार्टसहरु बरामद गरेको छ ।

मुर्लीमा रहेको प्रभु साह कानुको घरमा घरकोठा भाडामा लिइ श्री बालाजु ट्रेडर्सको संचालक मोनु कुमारले लुकाई छिपाई राखेको उक्त परिमाणको मोटरसाईकल पार्टसहरु बरामद भएको प्रनाउ भारतीले जनाएका हुन् । बरामद सामानहरुलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न