पर्सा प्रहरीद्वारा मालवाहक ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 121 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय
oppo_32

बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा सो ट्रक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित सडकखण्डमा जाँच गर्दा प्रहरीले म.प्र.०३–००२ ख १४४० नम्बरको ट्रकलाई रोकी जाँच गरेको हो । सोही क्रममा उक्त ट्रकबाट बिल बिजक भन्दा बढी सामान बरामद गरिएको प्रहरीको भनाई छ ।

सो ट्रकमा लोड रहेको २७ लाख ७७ हजार छ सय ४१ रुपैयाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न