लामो समयदेखी खडेरी परेर निकै चिन्तित् बनेका बाराका किसान मंगलबार बर्षा भएपछि राहत महशुस गरेका छन ।
झण्डै साढे सात महिना लामो समयदेखी वर्षा नभएर खडेरीका मार खेपिरहेका बाराका किसान बर्षाले राहत मिलेको छ । खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश बनेका किसान मंगलबार दिउँसो परेको वर्षाले हर्षित बनेका हुन् ।
लामो समयदेखी वर्षा नहुँदा बाराका अधिकांश पालिकामा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने,अधिकांश स्थानमा लगाईएका चैते धान बाली समेत सुक्न थालेको थियो ।
जिल्लाको सदरमुकाम कलैया,पचरौता नगरपालिका,कोल्हवी लगायतको क्षेत्रमा सवैभन्दा धेरै बर्षा भएको छ । ठुलो बर्ष नभपनि जिल्ला धेरै स्थानहरुमा हलुका बर्ष भएपछि यस क्षेत्रको वातावरण सफा देखिएको छ । हलुका बर्षाले धुलो,धुँवाको प्रदुषण कम भइ वातावरण सफा हुने देखिन्छ ।
यो बर्षाले वन क्षेत्रमा लाग्दै आएको डढेलो समेत नियन्त्रणमा आउने जीतपुरसिमरा १७ का स्थानीय प्रशुराम दाहालको भनाई छ । बर्षाकै कारण सुक्खा रहेका वन क्षेत्र र पाखा पखेरामा अब पालुवा पलाउने तथा किसानहरुले लगाएको घाँस समेत राम्रोसंग पलाउने भएपछि पशुपालक किसानहरुलाई समेत राहत मिलेको पशुपालक किसान समेत रहेका दाहाले बताए।