दस केजि गाँजा सहित दुई जना महिला पक्राउ

राम मण्डल
राम मण्डल 123 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

दुई जना महिलालाई १० केजि गाँजा सहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिरांङ गाउँपालिका–२ बस्ने बर्ष ४२ को ईन्द्र कुमारी चेपाङ्ग र बर्ष ४२ कै फुलमाया स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित सडकखण्डमा प्रहरी चौकी परवानिपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नारायणगढ चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको बस चेकजाँच गरेको थियोे ।

जाचको क्रममा बसको पछाडीको सिटमा बसेका दुबै जनाको साथ बाट १० केजि गाजा बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न