विद्युतीय माध्यमबाट बोलपत्र आहवान् गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादव
रञ्जन यादव 93 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतीय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार एक सय रुपैया बचत गरेको छ ।

चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको विशेष निर्देशनमा ४३ वटा विभिन्न शिर्षकमा बोलपत्र आहवान् गरिएको हो ।

उपमहानगरपालिकाले ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान् गरेको थियो ।

जसमा ठेकेदार कम्पनीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयाँमा उक्त योजनाको ठेक्का कबोल गरेका थिए ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ । त्यस्तै उपमहानगरपालिकाले बिभिन्न ८ वटा शिर्षकमा १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाको बोलपत्र आहवान् गरेकोमा ठेकेदार कम्पनीले एक करोड एक लाख ४७ हजार ९ सय ५८ रुपैयाँमा घटेर कबोल गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बिद्युतीय माध्यमबाट बोलपत्र आवहान् गर्दा पेशागत निपुण निर्माण व्यवसायहरुलाई काम पाएको र पैसा चलायमान भएको सूचना प्रबिधि शाखा प्रमुख ई. संघर्ष बिडारीले जानकारी दिए ।

यसले रोजगारी श्रृजना गरेको र सरकारलाई कर समेत प्राप्त भएको उनले बताए । ठेक्का मार्फत काम हुदा कामको गुणस्तर राम्रो हुने र त्यस्ता कामहरुको मर्मत सम्भारको जिम्मा पनी सम्बन्धित निर्माण कम्पनीलाई नै रहने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

जसले दीर्घकालिन रुपमा यस्को प्रभाव राम्रो हुने र उपमहानगरपालिकाको भौतिक विकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न