राजश्व छली ल्याइएका दुई करोड बीस लाखको कपडा भन्सारमा

साझेदारी दैनिक
साझेदारी दैनिक 108 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राजश्व छली भारतबाट ल्याएर वीरगञ्जमा भण्डारण गरी राखिएको कपडा गोदाममा पर्सा प्रहरीले छापामारी गरेको छ । उसले दुई करोड भन्दा बढीको अबैध कपडा वीरगञ्ज भन्सारमा बुझाएको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–६ तुल्स्यान मार्केट पमपम बिल्डिङ्गमा कोठा भाडामा लिएर अबैध कपडा भण्डारण गरिएको गोदाममा छापा मारेको थियो ।

बितेको बिहीबार र शुक्रबार दुई दिन प्रहरीले छापा मारेको हो । सोही क्रममा प्रहरीले दुई करोड २० लाखको अबैध कपडा बरामद गरेको हो ।

वीरगञ्ज–१६ बस्ने आकाशकुमार गुप्ता र वडा नं.६ बस्ने रामएकवाल कुशवाहाको गोदाम तथा हालसम्म नामथर नखुलेका अन्य छ वटा गोदामहरूबाट सो कपडा बरामद भएको हो ।

प्रहरीले सर्टिङ सुर्टिङ थान कपडा,सर्ट थान कपडा,पाइन्ट थान कपडा,सुती प्रिन्टेड कपडा,ढाकाको थान कपडा,साडी,कुर्ता सुरवाल,मर्दानी धोती,ब्लाउज थान कपडा,चोलो बनाउने थान कपडाहरू बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद गरिएका कपडाहरुलाई आवश्यक कानुनी प्रकृया पुरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न