बारा,पर्साका किसान चैते धान रोपाईमा ब्यस्त

राम मण्डल
राम मण्डल 1.1k पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गहुँ बाली भित्राएपछि अहिले बारा र पर्साका किसानहरु अहिले चैते धानबाली लगाउनमा ब्यस्त देखिएका छन् ।

खेत बारीमा पाकेर तयार भएको गहुँ बाली दाँई गरेर घरमा भित्रयाएपछि उनीहरु खेती किसानीमा व्यस्त भएका हुन् ।

बारा र पर्सा जिल्लाका किसानहरु अहिले धमाधम चैते धानबाली लगाउनमा ब्यस्त देखिएका छन । बारा र पर्साका सबै ठाउँमा चैते धानबाली किसानहरुले लगाउने गर्दैनन् । तर पनि यी दुवै जिल्लाका ग्रामीण भेगमा भने चैते धान रोपाई बढिहुने गरेको छ ।

बाराको जीतपुरसिमरा,कलैया,परवानीपुर,निजगढ, कोल्हवी,फेटा,सिम्रौनगढ,करैयामाई,बारागढी लगायतका पालिकाहरु सवैभन्दा बढि चैते धान रोप्ने गरिएको छ ।

यता पर्साको ठोरी गाउँँपालिका,जीराभवानी,पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका,पर्सागढी नगरपालिकाका किसानहरुले भने बर्षमा तीन बाली उत्पादन गर्ने गर्छन् । उनीहरु चैते धान बाली लगाउने गरेका छन ।

यस्तै पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको ग्रामीण केही वडाका किसानहरु पनि चैते धानबाली लगाउदै आएका हुन् । किसानले दुई बाली धान र एक बाली गहुँ,मकै,सूर्ति,दलहन,तेलहन तथा केहीले तरकारीखेती गर्दै आएका छन् ।

अहिले थुप्रै किसानहरुले चैते धान रोपिसकेका छन् । केही किसानहरुले धान रोपाई गरिरहेको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गद्दीले जानकारी दिएका छन । किसानहरु गहुँ भित्रयाएपछि चैते धानको रोपाईमा लागेको उनले बताए ।

अहिले रोपिएको चैते धान तीन महिना अर्थात नब्बे दिनमा तयार हुन्छ ।छोटो समयमै तयार हुने तथा रोग पनि कम लाग्ने भएकाले चैते धानबाली लगाउनेतर्फ किसानहरु बिस्तारै आकर्षित हुदै गएका हुन् ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा करिब ३५ सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुने गरेको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न