तरकारीमा लुकाएर ल्याएको लागु औषध सहित एक भारतीय नागरिक पक्राउ

राम मण्डल
राम मण्डल 120 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले तरकारीको बोरामा लुकाएर ल्याएको लागु औषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने २६ बर्षीय राजकरण साहलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१५ फुलवारी टोल स्थित सडकखण्डमा प्रहरीले बीआर ०५ एटी ७३२६ नम्बरको भारतीय मोटरसाईकल जाँच गरेको थियो ।

जाँचको क्रममा मोटरसाईकल चालक साहले तरकारीको बोरा भित्र लुकाएर ल्याएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस,डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी ६०० पिस लागु औषध ईन्जेक्शन बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेका साहलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न