बाराका कुन पालिकाले कति पाए अनुदान,सबैभन्दा बढी कलैयाले पायो २५ करोड ५२ लाख

रञ्जन यादव
रञ्जन यादव 156 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा रहेका १६ पालिका मध्ये सबैभन्दा बढी अनुदान कलैया उपमहानगरपालिकाले पाएको छ ।

कलैया उपमहानगरपालिकाले २५ करोड ५२ लाख पाउँदा जीतपुर सिमरा उपमहानगरपालिकाले २४ करोड ९७ लाख प्राप्त गरेको छ ।

त्यसैगरि पाँच वटा नगरपालिकामा महागढीमाई नगरपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ ।

महागढीमाईले १४ करोड ६२ लाख, कोल्हवी नगरपालिकाले १३ करोड ६६ लाख, सिम्रौनगढ नगरपालिकाले १३ करोड ६५ लाख, निजगढ नगरपालिकाले ११ करोड ८९ लाख, पचरौता नगरपालिकाले ११ करोड २७ लाख प्राप्त गरेको छ ।

त्यसैगरि गाउँपालिका मध्ये सुवर्ण गाउँपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ। सुवर्णले १० करोड २९ लाख अनुदान पाएको हो ।

त्यस्तै आदर्श कोटवाल गाउँपालिकाले १० करोड १५ लाख, बारागढी गाउँपालिकाले १० करोड ९ लाख, प्रसौनी गाउँपालिकाले १० करोड ७ लाख, करैयामाई गाउँपालिकाले १० करोड ६ लाख, परवानीपुर गाउँपालिकाले ९ करोड ८० लाख, विश्रामपुर गाउँपालिकाले ९ करोड ६४, देवताल गाउँपालिकाले ९ करोड ३२ लाख, फेटा गाउँपालिकाले १० करोड ४ लाख अनुदान पाउने भएको छ ।

अनुदानको न्यूनतम अंक, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित गरि तीन वित्तीय समानीकरण अनुदान निर्धारण गरिन्छ ।

सूत्रमा आधारित वित्तीय समानीकरणका लागि मानव विकास सूचाक, आर्थिक सामाजिक असमानता, पूर्वाधार अवस्था,राजस्व अवस्था र खर्च आवश्यकता तथा राजश्व उठाउन सक्ने क्षमता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा संघिय सरकारले अनुदान दिने गर्दछ।

रञ्जन यादव

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न