छ लाख रकम सहित एक जना पक्राउ

राम मण्डल
राम मण्डल 143 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

हुण्डी करोबारमा सँलगन रहेको आरोपमा पर्सा प्रहरीले छ लाख ८२ हजार रकम सहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल बीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ दुर्गाहल पछाडीको गल्ली सडकखण्डबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।शँकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलाशी गर्दा कलवारको साथबाट नगद प्रहरीले बरामद गरेको हो ।

नेपाली एक हजार र पाँच सय दरका गरी छ लाख ८२ हजार रुपैयाँ बरामद गरेको हो । यस्तै प्रतिबन्धित भारु पाँच सय दरको २८ हजार,बिभिन्न बैंकको १९ थान चेकबुक बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न