बाराका समिर तामाङ र अजय चौधरी राष्ट्रिय फुटबल टोलीमा

साझेदारी दैनिक
साझेदारी दैनिक 317 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

बाराका दुई जना खेलाडी नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका छन् । यहाँका समिर तामाङ र अजय चौधरी पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका हुन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार घोषणा गरेको मलेसिया विरुद्ध खेल्ने २३ सदस्यीय टोलीमा बारा निजगढका यी दुई खेलाडी अटाएका हुन् ।

विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलिले मार्च १५ मा मलेसिया बिरुद्ध उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

समिर र अजयले यस अघि नेपालको अन्डर २० र नेपाली युथ टोलीबाट खेलिसकेका छन् । काठमाण्डौंको दशरथ रंगशालामा सम्पन्न अन्डर १९ साफ च्याम्पियनसिप २०२३ मा समिरले सर्वाधिक तीन गोल गरेका थिए ।

गत माघ २७ गते चिनिया नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा चीनको प्रान्तीय टोलि छिङ हाई युसु बिरुद्ध पनि नेपाली युथ टिमको तर्फबाट समिरले २ गोल गरेकाथिए ।

मोफसलका गोल्डकप र बिभिन्न फुटबल प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका समिर नेपालका उदयीमान खेलाडी हुन ।

साझेदारी दैनिक

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न