ट्रक र पिकअपमा कपडा र किताब लोड रहेको पाईएपछि पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 55 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा र किताब लोड रहेको एउटा मिनी ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक आईसीपीबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमो वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गरेको थियो ।

आईसिपीबाट छुटेको बीआर २२ जिए ४९१६ नम्बरको भारतीय पिकअप र ना ४ ख ९८७ नम्बरको मिनी ट्रकलाई जाँच गर्नेक्रममा सोमा बिलबिजक भन्दा बढी कपडा तथा किताबहरु लेड रहेको पाइएको प्रहरीले जनाएको छ ।

बिल बिजक शँकास्पद देखिएपछि एक रोड ४२ लाख ७८ हजार १२० मुल्य बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता एवमु डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

किताब र कपडलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रबक्ता थापाले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न