बाराको स्थानीय तहहरुमा अनियमितता बढदै गएको छ । स्थानीय तहहरुमा अनियमिततामा पराकाष्ठा नाघेको पीडित सेवाग्राहीहरुले जनाएका छन्।
जिल्लाको १६ पालिकामा दुई उपमहानगरपालिका रहेको छ । पाँच नगरपालिका तथा नौ गाउँपालिका रहेको छ।
सबैमा भ्रष्टाचारको रोग रहेको छ । स्थानीय तहहरुको सबै काम विना कमिशन हुदैन । भौतिक पूर्वाधार देखि लक्षित वर्गको कार्यक्रममा ३० देखि ४० प्रतिशतसम्म कमिसन लिने गरेको खुलाशा भएको छ ।
एक जना कमिशन समयमा नदिए अनुगमनको नाममा विभिन्न बहाना गरि हप्तै पिच्छे अनुगमन गरी यो मिलेन,त्यो मिलेन भनेर भुक्तानी रोक्ने गरेको प्रसौनी गाउँपालिकाका एक पीडित ठेकेदारले साझेदारी दैनिकलाई बताए ।
प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालले यसरी दुख दिने गरेको उनले खुलाशा गरे । भौतिक पूर्वाधारका कार्यक्रमहरु मेयरका आसेपासेकालाई मात्र दिइने गरेको रोग रहेको छ ।
काम गुणस्तरीय होस या नहोस कमिशन कुनै हालमा हाकिम मेयरलाई चाहिने गरेको ठेकेदारले बताए । कमिशन दिए मात्र लेखापालले चेक दिने गरेका छन् । वीरगंजमा कमिशन लिएर चेक दिने गरेको आरोप समेत रहेको छ ।
एक जना एनजिओकर्मीका अनुसार स्थानीय तहहरुले विना कमिशन केही कार्यक्रम कसैले पाउने नगरेको जनाइएको छ । कमिशन खानकै निम्ति हाकिम मेयरलाई आर्थिक प्रभावमा पारी सिनियर अफसरलाई आफु भन्दा तल्लो स्तरमा राखि योजना चलाउने गरेका कर्मचारीहरु धेरै स्थानीय तहमा रहेका छन् ।
एक जना सचिवलाई लक्षित वर्गका कार्यक्रम गर्न र कागजपत्र मिलाउनलाई समेत प्रसौनी गाउँपालिकाले राखेको आरोप समेत रहेको छ ।
काम कागज मै गरेर पैसा निकाल्न भने पछि आफु छक्क परेको एक जना एनजिओकर्मीले जनाएका छन् । कामै नगरी आफुले भुक्तानी लिए अख्तियारमा फस्ने भनेर काम नगरेको उनले बताए ।
सूचना एजेन्सी मार्फत दिने गरेको कारण जिल्लाको सञ्चार संस्था बन्द हुने अवस्थामा पुगेको एक सञ्चारकर्मीले जनाए ।जिल्लाका सञ्चारकर्मी तथा सञ्चार माध्यम स्थानीय तहको रवैयाको कारण पीडित बन्दै गएको छ ।
पत्रकार मार्फत सूचना नदिइने गरेको अवस्था रहेको छ । बाराका स्थानीय तहहरुले करोडौंको सूचना कमिशनको लागि जिल्लाको सञ्चारकर्मीलाई नदिने गरेको जनाए ।