कोल्हवीमा दादुरा–रुबेला खोप अभियान वारे अभिमुखिकरण गोष्ठी

साझेदारी दैनिक
साझेदारी दैनिक 158 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिनिता चौधरी/

बाराको कोल्हवी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आईतवार कोल्हवीमा दादुरा–रुबेला खोप अभियान बारे अभिमुखिकरण तथा योजना गोष्ठी सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिकाको नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा अभिमुखिकरण तथा योजना गोष्ठी नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाविच सम्पन्न भएको छ ।

गोष्ठी कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगरप्रमुख रामप्रसाद चौधरीले दादुरा–रुबेला खोप कार्यक्रमलाई सफल पार्न सम्पुर्ण जनप्रतिधिनी , शिक्षक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई आग्रह गर्नु भएको थियोे ।

कोल्हवी नगरपालिकामा यही फागुन २० गते देखि २४ गते सम्म दादूरा रूबेला खोप संचालन हुने नगरप्रमुख चौधरीले बताएका छन ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी कुमारी चौधरी , निमित्त प्रमुख प्रशासकि अधिकृत सुरेन्द्र चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी ,२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी , ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , ४ का वडा अध्यक्ष बिष्णु मैनाली , ५ का नन्दकिशोर चौधरी , ६ का दिनेश चौधरी , ७ का सलाउदिन अन्सारी , ९ का दलबहादुर चौधरी , १० का कुन्जबिहारी चौधरी , स्वास्थय शाखा सहायक प्रमुख बिश्वनाथ चौधरी , इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले दादुरा रोगको औचित्य ,जटिलता,राष्ट्रिय खोप कार्यक्रमको मुख्य उपलब्धिहरु , खोप चुनौती , खोप कार्यक्रम ,कार्यक्रमको भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न