बाराको कोल्हवीमा आईतवार बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
तामागढी बचत तथा ऋण सहकारी संस्था कोल्हवीले आफ्नो १५ औँ बार्षिक उत्सव तथा १६ औं स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
सहकारीले आफ्नो कार्यक्षेत्र भित्र रहेका माध्यमिक विद्यालय स्तरीय“देशको आर्थिक विकासमा सहकारीको भुमिका” विषयक बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको सहकारीले जनाएको छ ।
सहकारीको कार्यक्षेत्रका विभिन्न ५ वटा माविका ९ जना छात्रछात्राले सहभागिता जनाएको उक्त प्रतियोगितामा जनता मावि उमजनकी रुकमीणी रौनियार प्रथम, जनता मावि बुदगाईकी छात्रा पिंकी जयसवाल दोस्रो र नेरामावि सपहीकी छात्रा ईशाकुमारी चौधरी तेस्रो भएका छन ।
सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीको अध्यक्षतमा भएको उक्त प्रतियोगिताको उद्घाटन तामागढी बहुउदेश्य सहकारीका श्याम प्रसाद खनाल, कोल्हवी नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रीलाल साह, तामागढी साकोसका सचिव पदम्जंग प्याकुरेल, खोपवा सेवाकेन्द्र संयोजक राजकुमार चौधरी, लेखा समिति सदस्य सरीता उप्रेति, शिक्षक प्रतिनिधि नेरामावि रघुनाथपुरका अर्जुन पराजुली, निर्णाय मण्डलका सदस्यहरु जनार्दन चौधरी र रन्जन कुमार खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमाले गर्नुभएको थियो ।
प्रतियोगितामा विजयी हुने विद्यालयका छात्रछात्राहरुलाई स्थापना दिवसको दिन फागुन १५ गते मंगलवार विस्तारीत मञ्च कार्यक्रममा पुरस्कृत गरिने मुख्य प्रबन्धक रिमालले जानकारी दिएका छन ।