नेशनल मेडिकल कलेजमा विवाद सतहमा,प्रबन्ध सञ्चालकमा शाहनवाज र नुशरत जहाँ

राम मण्डल
राम मण्डल 158 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज महानगरपालिकामा रहेको नेशनल मेडिकल कलेजको विवाद सतहमा आएको छ ।

यस्को सम्पतिलाई लिएर बिबाद उत्पन्न भएको हो ।कलेजको सम्पतिलाई लिएर अध्यक्ष प्रा.डा.जैनुदिन अन्सारी र प्रबन्ध निर्देशक बसरुदिन अन्सरीबिच बिबाद भएको हो ।

दुबैले आफुलाई कलेजको अध्यक्ष रहेको दाबी गर्दै आएका छन ।अर्बौ रुपैयाँ पर्ने कलेजको जग्गा जमिन सहित सम्पतिलाई लिएर विवाद रहेको छ ।

जैनुदिन अन्सारी पक्षले समिति समेत बिस्तार गरेको छ ।बसरुदिन अन्सारी भने आफु नयाँ अध्यक्ष भएको दाबी गरेका छन । जैनुदिन अन्सारीका छोराछोरीहरुले आइतबार पत्रकार सम्मेलन गरी समितिमा थप जिम्मेवारी पाएको बताएका छन् ।

उनीहरुले यसअघि प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका बसरुदिन अन्सारीलाई भने प्रबन्ध सञ्चालकको जिम्मेवारीबाट हटाइएको पत्रकार सम्मेलनमा बताएका हुन्। उनीहरुले  बसरुदिन अन्सारी भने कुनै पनि पदमा नभई शेयर होल्डर मात्रै रहेको जानकारी गराएका हुन ।

कलेजको प्रबन्ध सञ्चालकमा शाहनवाज अन्सारी र सञ्चालकमा नुशरत जहाँ नियुक्त भएका छन र्। यसै महिना भएको साधारण सभाले यी दुवै जनालाई जिम्मेवारी दिएको हो ।

२०५६ भदौ ३२ मा विधिवत रुपमा आफनो बुवा प्रा.डा. जैनुदिन अन्सारीले नेशनल मेडिकल कालेज प्रा लि दर्ता गराएको दुबैले दाबी गरेका हुन् ।अहिले नेशनल मेडिकल कलेजमा जैनुदिन अन्सारीको ४५ प्रतिशत शेयर रहेको बताइएको छ ।

शाहनवाज अन्सारीको १५ प्रतिबत, नुशरत जहाँ अन्सारीको १०,निकहत यासमिनको १०,इशरत जहाँको १० र बसरुदिन अन्सारीको १० प्रतिशत शेयर रहेको कम्पनीका अध्यक्ष प्रा.डा जैनुदिन अन्सारीले जानकारी दिएका छन् ।

कलेजको नयाँ अध्यक्षमा भने आफु् नै रहेको बसरुदिन अन्सारीको दाबी छ ।उनले आफुलाई कसैले हटाएको कुरा जानकारी नभएको जनाए ।

साधारण सभा गोप्य रुपमा गरिएको उनले बताए । आफ्नो  दाई जैनुदिन अन्सारीले घरमा साधारण सभा गरेको आरोप बसरुदिनले लगाए ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न