कोल्हवीमा निशुल्क महिला प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 1.1k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

धिरेन्द्र पनुहर/

बाराको कोल्हवीमा शनिवार महिलाहरुका लागि निशुल्क महिला प्रजनन् सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

१५ औँ बार्षिक उत्सव तथा १६ आँै स्थापना दिवसको अवसरमा तामागढी बचत तथा ऋण सहकारी संस्था कोल्हवीको आयोजनमा नेशनल मेडिकल कलेज वीरगञ्जको प्राविधिक सहयोग एवम प्राथमिक स्वास्थ्य सेवा केन्द्र कोल्हवीको सहकार्यमा उक्त शिविर संचालन गरिएको हो ।

शिविरको बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनालीले उद्घाटन गर्नुभएको थियो । सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताह ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर गरेको हो ।

शिविरमा एक सय १५ जना महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी समस्याका वारेमा निशुल्क चेक जाँच तथा निशुल्क औषधि वितरण गरिएको सहकारीले जनाएको छ ।

संस्थाको महिला उपसमिति संयोजक चन्द्रावती देवि चौधरीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवाकोटी, सहसचिव रामकाजी खड्का, संचालक समिति सदस्य मोकदम अन्सारी, राजकुमार चौधरी, बिसु थापा, लेखा समिति सदस्य सरिता उप्रेती लगायतको सहभागिता रहेको मुख्य प्रबन्धक वासुदेव रिमालले जानकारी दिएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न