नेशनल मेडिकल कलेजमा शाहनवाज अन्सारी भए प्रबन्ध निर्देशक

सन्तोष पाण्डे
सन्तोष पाण्डे 181 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजले नयाँ प्रबन्ध निर्देशक पाएको छ ।

मेडिकल कलेजमा शाहनवाज अन्सारी प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन ।

मेडिकल कलेजको बोर्ड बैठकको निणर्यबाट आगामी पाँच वर्षको लागि अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेज स्रोतले जनाएको छ ।

कलेज सञ्चालक समितिको गत फागुन ४ गते सम्पन्न बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उनी यसअघि कलेजको निर्देशक भएर काम गरी सकेका छन ।

नवनियुक्त प्रबन्ध निर्देशक अन्सारी पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ निवासी हुन ।

नव नियुक्त प्रबन्ध निर्देशक अन्सारीले साझेदारी दैनिकसंग कुरा गर्दै नेशनल मेडिकल कलेजले दिदै आएको स्वास्थ्य सेवा तथा मेडिकल शिक्षालाई थप प्रभावकारी बनाउदै आम जनताका लागि सर्वसुलभ र गुणस्तरीय सेवा प्रभाव गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन ।

उनले मधेस प्रदेशकै एक मात्र ठुलो स्वास्थ्य संस्थाका रुपमा स्थापित यस नेशनल मेडिकल कलेजले मधेस प्रदेशमात्र नभएर छिमेकी देश भारतका पनि आम नागरिकको स्वस्थ्य सेवा दिदै अएको बताए ।

स्वास्थ्य उपचार र मेडिकल शिक्षामा आम जनताको भरोसाको केन्द्रविन्दु बन्दै गरेको नेशनल मेडिकल कलेजललाई जनताको स्वास्थ्य उपचारका निम्ती आस्था र भसोरा अझ बलियो बनाउने गरी आफुले काम गर्ने प्रबन्ध निर्देशक अन्सारीले प्रतिबद्धता जनाएका छन ।
नवनियुक्त अन्सारीको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्रा.डा. जैनुद्दिन अन्सारीको नाममा छ ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न